परिचय (Introduction)
अग्रिम बाँसवारी बचत तथा ऋण सहकारी संस्था लि.
अग्रिम बाँसवारी बचत तथा ऋण सहकारी संस्था लि.

परिचय (Introduction) देशको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै सहकारी ऐन २०४८ बमोजिम सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप शेयर सदस्यहरुविच बचत संकलन गरी सदस्यहरुलाई व्यापार, व्यवसाय र व्यक्तिगत कार्यको लागि आवश्यक पर्ने पंजि उपलब्ध गराई समाजमा निस्किय रुपमा रहेको पूँजिको अधिकत्म उपयोग गरि व्यक्ति, समाज र सम्पूर्ण राष्ट्रकै आर्थिक विकासमा टेवा पुर्याउन सकिन्छ भन्ने विश्वास यस संस्थाले लिएको छ ।
साथै वर्तमान समय र परिस्थितिको मुल्याङ्कन गरी संस्थाको दैनिक क्रियाकलापहरु छिटो छरितो र पारदर्शी बनाई सम्पूर्ण सदस्यहरुलाई सरल एव सर्वसुलभ सेवा प्रदान गर्ने आधुनिक प्रविधीको प्रयोग गरी अनुभवी र स्थानिय व्यापारिक तथा व्यवसायिक समुहबाट संचालन भएको छ । विषेश गरी हाम्रो समाजमा रहेको विपन्न तथा निम्न आय भएका सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्ने यस संस्थाको प्रमुख लक्ष्य रहेको छ ।
उद्देश्यहरु (Objectives)
१. आर्थिक अवस्था कमजोर रहेका समस्याहरूमा जस्तै स्कुल, खानेपानी, स्वास्थ्य सेवा लगायत विभिन्न आधारभुत समस्याहरुलाई त्यहाँका स्थानिय व्यक्ति समूह तथा विभिन्न संघ संस्थाहरु संग मिली त्यहाँको जिवनस्तर माथि उठाउन सहयोगी भूमिका निर्वाह गर्ने ।
२. प्रतिस्पर्धात्मक व्याजदरका निक्षेप योजना मार्फत सदस्यहरुलाई २ नियमित बचत गर्ने बानीको विकास गर्ने ।
३. सहकारिता बारे सदस्यहरुलाई चेतना जगाउने र सहकारी तथा सिपमुलक तालिम कार्यक्रम संचालनका लागि आवश्यक व्यवस्था मिलाउने ।
४. विपन्न तथा निम्न आय भएका सदस्यहरुको जिवनस्तर उकास्न विभिन्न आयमुलक एंव स्वरोजगार परियोजनाहरुको अध्ययन गरी त्यस्ता परियोजना संचालनका लागि आवश्यक पर्ने पूजि उपलब्ध गराउने ।
अग्रिम बाँसवारी बचत योजना (Aggrim Bansbari Saving Scheme)
क. अग्रिम बाँसवारी जेष्ठ नागरिक बचत (Elderly Pension Saving) यस खातामा ६० बर्षका जेष्ठ नागरिकहरुले न्युनतम रु.१००० मा खाता खोल्न सकिने छ । यस खातामा दैनिक मैज्दातमा११% का दरले व्याज प्रदान गरिने छ । यस खातामा बर्षको एकपल्ट विशेष आकर्षक उपहार प्रदान गरिने छ । जस्तै बुबा भए बुबाको मुख हेर्ने दिनमा आमा भए आमाको मुख हेर्ने दिनमा ।
ख. अग्रिम बाँसवारी नारी बचत (Aggrim Bansbari Women Saving) यस खातामा न्युनतम रु.१०० बाट खाता खोल्न सकिने छ । यस खातामा दैनिक मौज्दातमा १२% का दरले ब्याज प्रदान गरीने छ र हरेक वर्ष तीजको अवसरमा उत्कृष्ट बचत कर्ता नारीलाई पुरस्कृत गरिने छ ।
ग. अग्रिम बांसवारी दशै तिहार बचत खाता (Aggrim Bansbari Dashain Tihar Saving) यस खातामा न्यूनतम रु.१०० बाट खाता खोल्न सकिनेछ । दैनिक मौज्दातमा वार्षिक १२% का दरले व्याज प्रदान गरिने छ ।
नियमहरु (Rules)
१ दैनिक साप्ताहिक मासिक रुपमा जति पनि रकम जम्मा गर्न सकिने ।
२. घटस्थापनाको १५ दिन अगाडी मात्र एक मुष्ट व्याज सहित कल मौज्दातको ९२% सम्म मात्र रकम झिक्न सकिने ।
३. हरेक दशैमा विशेष सम्मान स्वरुप ५ जना ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने ।